Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहरुलाई ‘स्काईवाक टावर’मा विषेश छुट


315
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’मा विषेश छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रा.लि.’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २० प्रतिशतसम्म छुट दिने भएको छ ।

एनआईएमबीका ग्राहकवर्गहरुले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्