Logo
Logo

कमिशनका लागि हतियार किन्ने तयारी


1.4k
Shares

काठमाडौं । सरकारले नेपाली सेनालाई हतियार खरिदको अनमुति दिएपछि पुरानै केटु हतियार खरिद गर्ने भएको छ । अघिल्लो पटक ल्याएको केटु हतियारमा देखिएको समस्या समाधान नहुँदै पुनः त्यही हतियार खरिदको तयारी थालिएको हो । तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको ‘सामूहिक तालिम अवधारणा तथा कार्ययोजना–२०७८’ नै तयार पारेर मंसिरदेखि चैतसम्म तालिम शुरुवात गरेका थिए ।

ठेकेदार लोकेन्द्र कार्की

यस वर्ष हुने तालिममा पनि तीन वर्ष अघि दक्षिण कोरियामा निर्मित के टू सिरिजका राइफलको फायरिङ हुनेछ र अपुगका लागि नयाँ हतियार खरिद गरेर फायरिङका लागि दिइने छ । त्यही क्रममा तीन वर्ष अघि नगरकोटमा सयौं राउन्ड फायरिङपछि तालिमेहरुले हतियारका विषयमा ‘फिडब्याक’ लेख्दा समस्या उत्पन्न भएको उल्लेख गरेका थिए ।

तीन वर्ष अघि नगरकोटमा भएको परीक्षण फायरिङमा केटु सिरिजका हतियार समस्या देखिएको ‘फिडब्याक’ नोट लेखिएको थियो । हतियारको बगमा समस्या, ब्यारेलमा समस्या, ब्यारेल तात्ने, ककिङ ह्यान्डल भाँच्चिने र लगातार फायरिङपछि मिस फायरिङ जस्ता समस्या आएको थियो । रक्षामन्त्री मानवीर राइले हतियार खरिदमा सहमति जनाइसकेका छन् । औपचारिक रुपमा हस्ताक्षर मात्रै हुन बाँकी छ ।

सुरक्षा परिषदले नेपाली सेनालाई हतियार खरिद गर्ने निर्णय गरिसकेको र त्यसको लागि नेपाली सेनाले तयारी गरिरहेको छ । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा ल्याइएको केटु सिरिजमा समस्या आएको थाहा पाउदा र सबैजसो यूनिटले समस्या रहको फिडब्याक दिएको हतियार पुनः खरिद गर्न लागिएको स्रोतको दावी छ । केटु सिरिज ल्याउनुमा ठूलो कमिशनको खेल रहेको छ ।

सेनाले यसअघि कोरियन कम्पनी डेउ प्रिसिजन इन्डस्ट्रिजबाट डेढ अर्ब बराबरको हतियार खरिद गरेको थियो । सेनाले कोरियाबाट ९ सय डलरका दरले ३० हजार थान केटूसी वन असल्ट राइफल खरिद गरेको थियो । अहिले त्यसको दररेट बढाइएको ।

‘हतियार खरिदका लागि रक्षामन्त्री मानवीर राईले सहमति दिइसकेका छन्, केही दिनमा रक्षाले फाइल सदर गर्दैछ’, स्रोतले भन्यो । दशैको एक दिन अधि मन्त्री निवास पुगेका सेनाका केही अधिकारीहरुले हतियार खरिदको व्रिफिङ गरेको र त्यसमा अन्य विषयहरु समेत जोडेर कुराकानी गरेको स्रोतले जनाएको छ ।

लामो समयदेखि नेपाली सेनाले टेस्टेट हतियारमात्र चलनमा ल्याउने अभ्यास पूर्णचन्द्र थापाको पालामा तोडिएको थियो । उनले उत्पादनको अध्ययन र परीक्षण नै नगरी बिचौलिया लोकेन्द्र कार्कीको सेटिङमा हतियार खरिद गरेका थिए ।

त्यतिबेला प्रधानसेनापति रहेका थापा र नीति तथा योजना निर्देशनालयमा निर्देशक सहायक रथी सुरेन्द्र रावल, महाशाखा प्रमुख तत्कालीन महासेनानी नहकुल रायमाझीले त्यो हतिायर ल्याउन पहल गरेका थिए । ‘अहिले सेनालाई हतियार आवश्यक छ, यसका लागि कार्यदल बनेर गृहकार्य गरिरहेको छ’, स्रोतले भन्यो ।

त्यतिबेला पनि बनेको एउटा कार्यदलले त्यही हतियार सिफारिस गरेको थियो । रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयले करिब एक अर्ब ७० करोड रुपैयाँ हतियार खरीदका लागि निकासा दिइएको थियो । त्यसपछि नीति तथा योजना निर्देशनालयमार्फत सेनाले प्रयोग गर्दै आएको अमेरिकामा निर्मित एम–१६ राइफल खरीद प्रक्रिया अघि बढाइयो ।यो हतियार खरीद प्रक्रिया जीटुजीमार्फत थियो ।

यसमा कुनै एजेन्ट र बिचौलिया कम्पनी राख्न अमेरिका तयार थिएन, जसका कारण हतियार खरीदमा पहिलेदेखि मुख मिठ्याएर बसेको तत्कालीन सैनिक नेतृत्व, थापाकै नातेदार र एजेन्ट लोकेन्द्र कार्कीले नयाँ योजना बनाएका त्यो हतियार ल्याएको बताइन्छ ।

अहिले भने फरक ठेकेदारको पनि इन्ट्री हुन लागेको सैनिक स्रोतले जनाएको छ । अहिले प्रधानसेनापति अशोकराज सिग्देलले लोकेन्द्र कार्की मार्फत दीपक कुँवर र यादव कुँवरलाई साझेदारी बनाएर हतियार ल्याउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्