Logo
Logo

रास्वपाले ७ बजे ७ मिनेट घन्टी बजाउने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने भएको छ ।

भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घन्टी बजाउन लागिएको रास्वपाले जनाएको छ ।

आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको हो ।

२०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो ।

‘आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं’ रास्वपाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्