काठमाडौँ । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
एमाले-कांग्रेसका शीर्ष नेताहरूबीच उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन् ।