काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली चीन उड्नु अघि नै नेपाली काँग्रेस र नेकपा एमालेका दुई-दुई मन्त्री फेर्न लागेका छन् ।
एमाले एक नेताका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवाबीच चार जना मन्त्री फेर्नेबारे समझदारी भैसकेको छ । काँग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डे र वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीलाई फिर्ता बोलाउने तयारी छ ।
एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ ।