Logo
Logo

छविलाल जोशीलाई काठमाडौं ल्याइयो, आज अदालत पेस गरिँदै


252
Shares

फाइल तस्बिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि हिजो (मंगलबार) बेलुकी नै पोखराबाट काठमाडौं ल्याइएको हो ।

कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए । उनलाई आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको छ ।

गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे अनुसन्धान गर्न जोशीलाई पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जोशीको बयानपछि मात्रै ल्याउने तयारी काठमाडौं प्रहरीको छ ।

लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्