Logo
Logo

बालबिटोरी समस्या समाधान नभए आन्दोलन हुन्छ : मेयर चौधरी


2.6k
Shares

लहान । सिरहाको लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बाल–बिटौरी समस्या समाधान गर्न सरकार संबेदनशिल नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बालबिटोरी तथा गाउँब्लक जग्गा फुकुवा सँघर्ष समितीको ज्ञापनपत्र बुझ्दै मेयर चौधरीले सरकार विरूद्व आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘पहिलो चरणमा लहानको मालपोत कार्यालयको ध्यानाकर्षण गराईन्छ’ संघर्ष समितिका संयोजक बिजयप्रसाद गुप्तासहितको टोलीसमक्ष मेयर चौधरीले भने, ‘मालपोतले बालबिटोरी समस्या समाधान नगरे काठमाण्डौको माईतीघरमा सरकार विरूद्व आन्दोलन स्वरूप धर्ना बस्ने तयारी छ ।’

बालबिटोरी जग्गामा बसोबास गर्दै आएका केहीलाई लालपुर्जा दिएपनि केहीलाई भने नदिएर मालपोत कार्यालयले पक्षपात गरेको पिडितहरूको भनाइ छ । मेयर चौधरीको भनाइ थियो, ‘बालबिटोरी समस्या समाधानमा सरकारले चासो नदिए आन्दोलनको बिकल्प छैन ।’

संघर्ष समितीले बालबिटोरी र गाउँब्लकको जग्गाको समस्या समाधानका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराए बेवास्ता गरेको संघर्ष समितीका संयोजक गुप्ताले बताए । गुप्ताले भने, ‘अति भयो , अब चुप बस्दैनौ ।’ मालपोतका बेईमानीका कारण बालबिटोरी समस्या समाधान हुन नसकेको गुप्ताको भनाइ छ ।

बालबिटोरी समस्या समाधानका लागि पूर्ववडाध्यक्ष तथा कांग्रेसका स्थानिय नेता अरूण केसीको संयोजकत्वमा नगरपालिकाको तर्फबाट समिती गठन गरिएको मेयर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्