काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रधानमन्त्रीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ गतेदेखि २१ गतेसम्म चीन भ्रमणको तयारी गरेका छन् ।