काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रो हिमाल आसपासमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अन्नपूर्ण क्षेत्रमा केन्द्रबिन्दु भएर आज बिहान १०ः १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार यो परकम्प नभई नयाँ भूकम्पहो ।