काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् ।
सेना अध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेना अध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् । नेपाल-भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।