Logo
Logo

नेकपा बहुमतले आगामी माघ ४ गते नवौँ महाधिवेशन गर्ने


504
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी माघ ४ गतेदेखि नवौँ महाधिवेशन गर्ने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोलाले महाधिवेशनमा वैचारिक रुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचना लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत जानकारी दिए  ।

अर्को प्रसङ्गमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था सङ्कटमा परेको बताउँदै समाधानको लागि स्वाधीन संयुक्त सरकार विकल्प भएको बताए । लिपुलेकका सन्दर्भमा चीन र भारतबीच भएको समझदारी खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए ।  

त्यस्तै, बहुमतले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खारेज गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्