Logo
Logo

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


882
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयर धनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा निवेदन बुझाउनु पर्ने बैंकले जनाएको छ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
 
बैंकले तोकेको सो समयभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्