Logo
Logo

आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै एमाले


252
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आज शक्ति प्रदर्शन गर्दैछनु । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जसलाई एमालेको ‘शक्ति प्रदर्शन’को रुपमा हेरिएकोछ ।

विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ । कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले जागरण सभा उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौँको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौँपछि माओवादी केन्द्रले देशैभर (७५३ वटै)पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै कात्तिक ३ गतेबाटै विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरू सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै सडकमा ओर्लंदा सत्तारुढ दलसमेत जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न पुगेपछि दलहरूको पहिलो रोजाई सडक नै बने प्रस्ट देखिन्छ ।

विपक्षी राजनीतिक पार्टीहरूले खासगरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् । एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्