काठमाडौं । एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए ।
त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिने छन् ।
‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्ने उनले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको प्रजिअ आचार्यले बताए ।
आज नेकपा एमालेले दरबारमार्ग, सहकारी पीडितहरुले माइतीघर र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले कोटेश्वरमा शक्ति प्रदर्शन गर्दैछन् ।