Logo
Logo

नेपालमा १०० विद्युतीय गाडी डेलिभरी गर्दै बीवाईडीले मनायो ३०औँ वार्षिकोत्सव


189
Shares

काठमाडौं । बीवाईडीको ३०औं वार्षिकोत्सव र यसको १० मिलियन एनईभीको ग्लोबल रोल अफको महत्त्वपूर्ण खुसी बीवाईडी र साइमेक्स इन्क प्रालिले नेपालमा अर्को महत्त्वपूर्ण माइलस्टोन पार गरेर मनाएका छन् । नेपालमा कम्पनीले १०० विद्युतीय सवारीको डेलिभरी गर्दै वार्षिकोत्सव मनाएको हो ।

यस उपलब्धिले दिगो गतिशीलतातर्फ नेपालको बढ्दो गतिलाई प्रकाश पार्ने र हरियाली भविष्यप्रति बीवाईडीको प्रतिबद्धतालाई सुदृढ बनाउने कम्पनीको विश्वास छ ।

यो कोसेढुङ्गाले विश्वव्यापी अटोमोटिभ उद्योगमा क्रान्ति ल्याउने बीवाईडीको नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई प्रकाश पार्छ । १०० ईभी बिक्री गर्नुले नेपालमा दिगो मोबिलिटी सोलुसनको बढ्दो प्रयोग र बीवाईडीको उन्नत विद्युतीय सवारी प्रविधिमा ग्राहकहरूको विश्वासलाई उजागर गरेको छ ।

बीवाईडी विश्वमै १० मिलियन एनईभी उत्पादन गर्ने पहिलो अटोमेकर बनेको छ, जुन यसको नवीनता, दिगोपन र शून्य उत्सर्जन भविष्यतर्फको संक्रमणप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।

नेपालमा साइमेक्स इन्कले बीवाईडी अट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सिललगायतका अत्याधुनिक मोडलहरू बिक्री वितरण गरिरहेको छ । यी गाडीहरू नेपाली ग्राहकहरूको रोजाइमा पर्नुका मुख्य कारण नवीन ब्लेड ब्याट्री प्रविधि, सुरक्षा र कार्यसम्पादन नै हुन् ।

साइमेक्स इन्कका राष्ट्रिय बिक्री प्रमुख आशुतोष गौतमले भने, ‘बीवाईडीको ३०औँ वार्षिकोत्सवको अवसरमा नेपालभर १०० डेलिभरीको कोसेढुङ्गा पुग्नु हाम्रा लागि गर्वको क्षण हो । यो उपलब्धि हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान् ग्राहकहरूको विश्वासको प्रमाण हो । साथै, हामी दिगो गतिशीलतातर्फ नेपालको संक्रमणलाई गति दिइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्