काठमाडौं, १९ जेठ । लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ता अघि बढाउने भएको छ । लकडाउनको कारण अन्तर्वार्ता रोकिएकाे थियो ।
आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो।
आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ताले आज अन्तर्वार्ताको मितिसहितको सूचना सार्वजनिक गरेका छन्।
२ असारदेखि शुरू हुने गरी तोकिएको अन्तर्वार्ता कार्यतालिका २८ असारमा सकिनेछ।
आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धा गरी दुवै तहको नेपाल लेखापरीक्षण सेवा, नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल सेवाको अन्तर्वार्ता हुने लागेको हो।
आयोगले लिखित परीक्षा भने अवस्था सामान्य भएपछि मात्र सुचारु गर्ने जनाएको छ । एक चरणो परीक्षा भइसकेका सबै भर्ना प्रक्रिया रद्द नहुने आयोगले जनाएको छ ।