Logo
Logo

म्याद थप्न रवि र छविलाई बिहानै अदालत पुर्याइयो


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिने म्याद शबुक्रबारै सकिएकाले प्रहरीले आज फेरि उनलाई कास्की जिल्ला अदालत उपस्थित गराएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

लामिछानेसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पु¥याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको आरोप छ । रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्