Logo
Logo

शनिबार क्यानडाबाट आएका पति-पत्नी सिनामंगलको होटलमा मृत फेला


5.5k
Shares

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा आज मृत भेटिएका युवा र युवती पति-पत्नी भएको खुलेको छ ।

परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सुनसरीको दुहवी-८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी माझी होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । हिजो बेलुका करिब साढे ६ बजे होटलमा आएका उनीहरू रमेश माझीको नामबाट चौथो तल्लाको कोठा नम्बर १२० बुक गरी बसेका थिए ।

आज बिहान साढे ७ बजे सोही कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा दुवैजना एउटै पासाेमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । दुवैजना एउटै सलको पासो लगाई १२० नम्बरको कोठाको बाहिरपट्टि रहेको बरण्डाको बार्दलीमा झुण्डिएको अवस्थामा अनुसन्धान टोलीले फेला पारेको हाे । उक्त कोठा भित्रबाट लक/चुकुल लगाइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्