बुटवल । सहकारीहरू नीति नियममा नहिँड्दा समस्या उत्पन्न भएको भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताएका छन् ।
सेवा नेपाल परियोजना दोस्रो चरण कार्यक्रम अन्तरगत बुटवलमा भएको लुम्बिनी प्रदेश सरकार सँगको समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन ।
सहकारीले एउटै ब्यक्तिलाई करोडौँ करोड रूपैयाँ लगानी गर्नु सहकारीको नीति विपरीत भएको पनि मन्त्री अधिकारीले बताए । कुनैपनि काममा सफलता हासिल गर्न निरन्तरताको आवश्यकता पर्ने पनि उनको भनाई थियो ।
हेफर इनटरनेशनलका कन्ट्रि निर्देशक डा. तीर्थराज रेग्मीले महिला उद्यमीहरूले उत्पादित बस्तुहरूको उत्पादन, बजारीकरणमा पुलको काम गरेको बताए । उनले सहकारीमा आवद्ध भएर थुप्रै महिला उद्यमी बनेको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा सेवा नेपालमा १ सय ३० वटा सहकारी संस्था मध्ये ९६ सहकारी आबद्ध छन । काम गर्न नीति नियम बाधक भएको सेवा नेपाल कार्यकारी अधिकृत विष्णु कुमारी नेपालले बताउँदै कार्यक्रमका बारे जानकारी दिइन ।
सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपाल कि अध्यक्ष टिका कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले उत्पादित बस्तुको प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ , उपकरण जस्ता समस्या भएको बताए । उनीहरूले कृषि र पशु क्षेत्रमा बिमाको आवश्यकता रहेको बताउँदै कतिपय सहकारीका नीति नियममा सुधार हुन आवश्यक रहेको मा जोड दिए । ।