Logo
Logo

युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए


एजेन्सी

252
Shares

सिरिया । लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् । सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आइतबार यहाँ आह्वान गरेका छन् ।

सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भने, ‘सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ ।’

उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक छ ।’

सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भने, ‘हामीले राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको पुनस्र्थापनालाई सम्बोधन गर्न आवश्यक छ ।’

सिरियामा सन् २०११ को मार्चदेखि गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन् । लेबनानजस्ता छिमेकी मुलुकबाट शरणार्थीहरूको स्वदेश फिर्तीले देशको पहिलेदेखि नै सङ्घर्षरत पूर्वाधारमा दबाब थपेको छ ।

प्रतिक्रिया दिनुहोस्