Logo
Logo

परराष्ट्रमन्त्रीको जापान भ्रमण स्थगित, १३ मंसिरमा चीन जाने


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान नजाने भएका छन् । स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेका मन्त्री राणा डाक्टरले समय नदिएका कारण उनी उनको जापान भ्रमण स्थगित भएको हो ।

मन्त्री राणा जापान नगई अब सिधै चीन भ्रमणमा जाने उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । पाठकका अनुसार मन्त्री राणा अब २८ नोभेम्बर (१३ मंसिर) मा बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने कार्यतालिका थियो ।

प्रधानमन्त्री केपी ओलीले यहि मंसिर १७–२१ मा चीन भ्रमणमा जाने तयारी गरेका छन् । उद्यपी भ्रमणको औपचारिक मिति भने अझै घोषणा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्