Logo
Logo

एमाले जग्गा विवाद विरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको इजलासमा


378
Shares

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै दायर रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको हो ।

यसअघि ६ पटक पेसी तोकिएर स्थगित हुँदै आएको यस मुद्दामा आज पनि सुनुवाइ हुने सम्भावना कम देखिन्छ । एमालेको जग्गा विवादका मुद्दाभन्दा माथि १९ थान मुद्दा पेसीमा रहेका छन् ।

२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । यसअघि गत शुक्रवार पेसी तोकिएको थियो । न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भयो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार भएको रिटमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्