काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री÷पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले सिंहदबारमा सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
केहि बेरअघि सुरु भएको बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने छलफलमा उपस्थित भएनन् ।
त्यस्तै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुृर पाण्डे, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल लगायत पनि सहभागी छन् ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारी गरेका छन् । त्यसअघि उनले सरोकारवालाहरुसँग सुझाव माग गरेका हुन् ।