Logo
Logo

सशस्त्रका आइजीपीलाई तीन चुलाको घेराबन्दी


7.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यतिबेला दुई एआइजी र एक डिआइजीको घेराबन्दीमा परेका छन् । आइजीपी अर्याललाई असफल पार्ने गरी दुई एआइजी सीपी गौतम, वंशी दाहाल र डिआइजी अञ्जनीकुमार पोखरेलले घेराबन्दी गरेको स्रोतले बताएको छ ।

उनीहरूले आइजीपीलाई काम गर्न अप्ठेरो पार्ने, सचिवालयमा आफ्ना मान्छे घुसाउने र सूचना लिने तथा सूचना लिएर शक्ति केन्द्र धाउनेसम्मको काम गरिरहेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरीमा दुईवटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीनवटा एआइजी बनाएर एआइजी भएका दाहाल यसपटक आइजीपीलाई वाइपास गरेर अर्का एआइजी गौतमसँग टाँसिएका छन् ।

संगठनको ओएण्डएमबिनै व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप्न लगाएर दाहाल एकल एआइजी हुँदा आइजीपीलाई वाइपास गरेका थिए । अहिले दाहाल, गौतम, पोखरेल मिलेर आइजीपीलाई वाइपास गरेर संगठनको सूचना बाहिर चुहाउने र राजनीतिक नेतासम्म पुर्याउने काम गरिरहेको स्रोतको दाबी छ ।

जतिबेला सशस्त्र प्रहरी महानिरीक्षक अर्याल एआईजीको मात्रै दरबन्दी थप्न नहुने पक्षमा थिए । तर दाहालले चलखेल गरी विचौलिया रामचन्द्र भट्ट प्रयोग गरेर भ्याइदिएका थिए । अहिले अञ्जनी पोखरेललाई एमाले नजिक बनाउन एमाले महासचिव शंकर पोखरेलसँग सम्बन्ध बनाइदिन भन्दै एमालेका पूर्व नेताहरुसँग हिमचिम बढाइरहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा सूचना पुर्याउन सहयोग गरिरहेका डिआइजी अञ्जनी पोखरेल अहिले सानो गौचरणस्थित स्टाफ कलेजमा कार्यरत छन् । कोशी प्रदेशमा सहकर्मीहरुलाई सताएर आएका पोखरेलले प्रचण्डमार्फत मधेश प्रदेशको कमाण्ड गर्न खोजेका थिए । तर, आइजीपीले नमानेपछि उनी आइजीपी र संगठनको सूचना लिक गरेर शक्तिकेन्द्रको नजिक हुने प्रयास गरिरहेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले दृष्टिसँग भने ।

सशस्त्र प्रहरीमा सीमा सुरक्षाजस्तो अति नै संवेदनशील एवंं महत्वपूर्ण कुरामा हाल स्थापना भएका बीओपीहरू समेतमा जनशक्ति थप हुन सकेको छैन । सशस्त्र प्रहरीले बीओपीहरूमा संरचनाअनुरुपको जनशक्ति व्यवस्थापन गर्न नसकिरहेको अवस्था एकातिर बिद्यमान छ भने, अर्कोतर्फ सरकारी नीतिअनुरुप नै थप बीओपी स्थापना गर्न झन् असम्भव जस्तै भइरहेको अवस्थामा संगठनका तल्लो तहदेखि मध्यम तहसम्मको जनशक्ति थपको सांगठनिक आवश्यकतालाई बेवास्ता गर्दै आइजीपीलाई सहयोग गर्नुपर्नेमा दुई एआइजी र एक डिआइजी नै आफ्नाविरुद्ध लागेको सूचना आइजीपी अर्याललाई पनि रहेको छ । तर, उनी आफू रहँदासम्म कोही कसैलाई पनि केही नगर्ने पक्षमा रहेका छन् ।

विगतमा दाहाललाई एआइजी बनाउने भूमिका खेलका राजनीतिक बिचौलिया रामचन्द्र भट्ट यसपटक पनि सक्रिय रहेका छन् । एसपी हुँदा नै महिला प्रहरीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेका एआइजी दाहाल सशस्त्र प्रहरी ऐनमै खेलेर सबैलाई विदा गरी आफू आइजीपी हुने खेलमा समेत लागेका थिए ।

सशस्त्र प्रहरीमा अहिले इन्टेलिजेन्स व्यूरो एसएसपी किरण ढुंगानाले नेतृत्व गरेका छन् । उनलाई समेत प्रभावित पार्न खोजेको स्रोतको दाबी छ । सशस्त्रमा इन्टेलिजेन्स व्यूरो आइजीपीमार्फत परिचालन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्