Logo
Logo

उद्योगमा सरुवा भएकै कर्मचारीको रजगज


756
Shares

काठमाडौं । सरुवा भएको २ महिनासम्म पनि उद्योग विभागका कर्मचारीहरुले रमाना लिएका छैनन् । सरुवाको पत्र टेबुलको घर्रामा लुकाएर विभागमै काम गरिरहेका कर्मचारीहरुलाई तुरुन्त रमाना दिन मन्त्रालयले निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशनपछि उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले धमाधम रमाना दिन थालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग मन्त्रालय आफैंले सरुवा गरेका कर्मचारीहरु सरुवा भएको लामो समयसम्म खटाएको कार्यालयमा नगएपछि त्यहाँ खटिएका कर्मचारीहरु समेत हाजिर हुन पाएका छैनन् ।

विभागकी उपसचिव गीता घिमिरे केही समयअघिमात्र रमाना लिएर गृहमन्त्रालय पुगेकी छन् । बाणिज्य विभागमा सरुवा भएकी उपसचिव शान्ता मरासिनी अझै उद्योग विभागको ट्रेडमार्क शाखाबाट सेवाग्राहीसँग उठाउनै तल्लीन रहेकी छन् ।

शाखा अधिकृतद्वय सुरेश ओझा र सुन्दर थापाको सरुवा भदौमै भए पनि उनीहरुसमेत रमाना नलिई विभागको शाखामै ढुक्कले काम गरिरहेका छन् । उपसचिव र शाखा अधिकृतहरुले नै रमाना नलिएपछि नायब सुब्बाहरु पनि विभागमा निश्चिन्त भएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्