काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ भएको छ ।
बुद्ध एयरको जहाजमार्फत् ८ः४० बजे काठमाडौं ल्याउने तयारी भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम अनुकूल नहुँदा उनलाई ल्याउन ढिलाई भएको हो । बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध भएको विमानस्थलका प्रवक्ता जशोधा रेग्मीले जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरसातमा छन् । उनीविरुद्ध ठगी, संठगित अपराध कसुरमा मुद्धा चलाइएको छ । लामिछानेलाई काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि ल्याउन लागिएको हो ।
यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा संलग्न देखिएको भन्दै रूपन्देही पनि लगिएको थियो ।
त्यहाँ दुई दिन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि उनलाई पोखरा नै फर्काइएको थियो ।