काठमाडौं । सरकारले नागरिक बचतपत्र २०८६ (क) निस्कासन गर्ने गरेको छ । बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको हो ।
यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ । इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।
नागरिक बचतपत्रको प्रमुख विशेषता ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो । यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ ।
आवेदन प्रक्रिया अनलाइनमार्फत गर्नुपर्नेछ । बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टलमार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ । बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ ।