Logo
Logo

गृहले सोध्यो दुई जिल्लाका सीडीओलाई स्पष्टीकरण


1.2k
Shares

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय स्रोतका अनुसार, पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कवारीलाई स्पष्टीकरण सोधिएको हो ।

पदीय मर्यादा बाहिर गएर अभिव्यक्ति दिएको र आर्थिक अनियमितताबारे गृह मन्त्रालयमा गुनासो आउन थालेपछि सीडीओद्वय अर्याल र कवारीलाई गृह मन्त्रालय नै बोलाएर स्पष्टीकरण सोधिएको हो ।

गृह मन्त्रालयका अनुसार, सीडीओ कवारीलाई कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो ।

अर्यालले केही दिन अगाडि वीरगञ्जमा एक अस्पताल तोडफोडसम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्