काठमाडौं । आचारसंहिता उल्लघङ्नको सूचना आएपछि निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली खटाएको छ।
यी दुवै ठाउँमा यही मंसिर १६ मा उपचुनाव हुँदै छ। आयोगले यी दुई ठाउँमा अनुगमनका लागि छुट्टाछुट्टै टोली खटाएको हो।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा खटिएको टोलीमा सहसचिव नारायण प्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, कानून उपसचिव सीता पुन र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा रहेका छन्।
आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा खटिने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा। थानेश्वर भुषाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेका छन्।