Logo
Logo

क्वारेन्टाइनमा बस्नेहरुलाई सुझाव


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ जेठ । विश्वभर कोरोना संकट विस्तारित र गहिरो अवस्थामा पुगेको छ । हाम्रो देशमा यो संकट दिनानुदिन बढ्दै गएको र यसको अन्त्यबारे भन्न र अनुमान गर्न समेत नसकिने अवस्था छ ।
भ्याकसिन र औषधिबारे अझै यसै भन्न सकिएको छैन र प्रतिक्षाकै बिषय छ । हामी कहाँ क्वारेन्टाइनमा मानिसहरु सरकारको हेलच्याक्राइँको कारणले मरिरहँदा बाँचेप्रति हामीलाई चिन्तित तुल्याएको छ । मानिस मरी सकेपछि मात्र टेष्ट गरिने र रिपोर्ट आउने अवस्थाले परिस्थितिलाई झनै गंम्भीर बनाएको छ ।
यस्तो अवस्थमा हाम्रो पुंर्वीय अनुभव, मान्यता र विश्वासमा केही स्थानीय वस्तुहरुको सेवनबाट रोग निरोधक क्षमता बढ्ने कुराको विश्वासनीय महत्व छ । आयुर्वेदले पनि यसलाई अंगिकार गरेको पाइन्छ ।
यसर्थ, अहिलेको अवस्थामा हरेक क्वारेन्टाइनमा उपलब्ध भएसम्म अनिवार्यरुपमा गुर्जो, बेसार, अदुवा, कागती, ज्वानो, दाल्चीनी र तुलसी पत्ता तथा मञ्जरीको पानी पकाएर दिनमा चार पटक हरेक व्यक्तिलाई सेवन गर्न दिएमा रोग निरोधक क्षमता बढ्ने र यसबाट मनोवैज्ञानिक रुपमा पनि सकारात्मक प्रभाव प्रर्ने हुँदा सरकार समक्ष यो प्रबन्धका लागि राय सुझावसहित अपिल गर्दछौँ ।
स्थानीयस्तरमा यी वस्तुहरु सहजै उपलब्ध हुने हुँदा ठुलो खर्च जुटाउनु पर्ने अवस्था पनि पर्दैन । यसले विश्वव्यापी रुपमै एउटा सकारात्मक संन्देश समेत जाने हुँदा यो प्रयोग पनि एउटा उपयुक्त घरेलु उपाय हो भन्ने हाम्रो ठहर भएकोले सबैमा अनुरोध गरेका हौँ ।

-हाम्रो नेपाल सुशासन अभियान

प्रतिक्रिया दिनुहोस्