काठमाडौं, २१ जेठ ।
काठमाडौंमा चिकित्सकसहित थप तीन जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। संक्रमितमध्ये टोखा नगरपालिकाका ३ जना छन् भने एक जना केएमसी अस्पतालमा कार्यरत चिकित्सक रहेका छन्।
बुधबार मात्र देशभर थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।
कठमाडौंमा मंगलबार चार जनामा संक्रमण देखिएको थियो । केएमसीमा अप्रेसन गरेका एक बिरामीको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । हाल अस्पताल बन्द गरी सबैको कोरोना परीक्षण गर्न लागिएको छ ।