Logo
Logo

कीर्तिपुरको उपनिर्वाचन जनमतसंग्रह नै हो : राजेन्द्र पाण्डे


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन देशका निम्ति जनमतसंग्रह नै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनलाई मतदान गर्न आह्वान पनि गरे ।

कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । “यो चुनाव देशका लागि जनमतसंग्रह नै हो,” उनले भने ।

कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीका उमेदवारलाई सघाउने सहमति छ । र, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उमेदवारलाई सघाउने सहमति यसअघि नै भइसकेको छ ।

पाण्डेले भ्रष्टाचारविरुद्ध आफूहरू एक ठाउँमा भएको बताए । “दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन् । सबै काण्ड छोप्न सरकार बनाएका छन्,” उनले भने, “हामी भ्रष्टाचारको विरुद्धमा, अव्यवस्थाको विरुद्धमा, देशलाई लुट्नेका विरुद्ध हामी दुई पार्टी एक ठाउँमा छौँ,” उनले भने ।
d
कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्