काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटबारे विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षत्रेका विज्ञहरुसँग उनले सुझाव लिएका छन् ।
छलफलमा चिकित्सक, अर्थविद्, सामाजिक अभियन्ता तथा नर्सिङ क्षेत्रका व्यक्तिहरुको सहभागीता छ । नेपालमा कोरोना संक्रमणको असर लामो समयसम्म रहने देखिएपछि कसरी अघि बढ्नेबारे उनले छलफल थालेका हुन् ।