काठमाडौं । मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन आज भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृको सम्झनामा शतबीज छरेका छन् । बालाचतुर्दशीलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथ लगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोप्ने गरिएको छ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठुलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गर्ने प्रचलन छ ।