बुटवल । सुरक्षित पेसा खुसी चिकित्सक भन्ने नाराका साथ राष्ट्रिय चिकित्सक सङ्घ नेपाल, लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रका समस्या मिलेर समाधान गर्न आवश्यक रहेको बत्ताएका छन् । चिकित्सकको माग जायज भए पनि वर्तमान अवस्थामा चिकित्सकको माग पुरा गर्न सकिने अवस्था नरहेको बताए । अर्थमन्त्री पौडेलले चिकित्साकर्मी असुरक्षित हुन नहुने ,कानुनी बन्दाे बस्ताे गर्दा समाजलाई हेरेर गर्नुपर्ने पनि बताए ।
उनले हेल्थ सेन्टरहरूमा केही सुधार गरेर लाग्न सकिने अवस्था रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा दरबन्दी सृजना गर्न नसकिएको बताए । स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउन जरुरी छ तर स्थिति सहज नभएको उनको भनाई थियो ।
राष्ट्रिय चिकित्सक सङ्घ नेपाल, लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले डा. समीर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा डा रमेश भट्टराई र डा पुष्पराज रिजाल, सचिव मा डा. सम्राट पराजुली, काेषाध्यक्षमा डा अमृता पाण्डे रहेका छन् ।