Logo
Logo

गाडीको ठक्करबाट सई यादवको मृत्यु प्रकरण : पूर्व-पश्चिम राजमार्ग ठप्प


1.5k
Shares

सिरहा । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प छ । जसले गर्दा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ । गाडी रोक्न खोज्दा उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको प्रहरीले जनाएको छ । मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए ।

मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्