काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गरेको छ ।
आज (सोमबार) भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित ग¥यो । जनकपुरको यो लगातार दोस्रो जित हो । शनिबार भएको उद्घाटन खेलमा जकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै पराजित गरेको थियो ।
जनकपुरलाई जित दिलाउन कप्तान अनिल शाहले अर्धशतक प्रहार गरे । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।