काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मत पाएका छन् । निर्वाचन अधिकृतका अनुसार ५ वटा वडाको मतगणना सकिएको छ ।