Logo
Logo

कोशीको आन्तरिक मामिलामन्त्री भण्डारी नियुक्त


2.3k
Shares

काठमाडौँ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री भण्डारीको शपथ आज साँझ साढे ५ बजे तय गरिएको छ । आफू मन्त्री नियुक्त भएको र शपथको तयारी भइरहेको भण्डारीले जानकारी दिए ।

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारीले तीन जना युवालाई अनधिकृत रूपमा जापान लगेपछि विवादमा परेका थिए । उनी जापानको एयरपोर्टबाट डिपोर्ट भई नेपाल फर्काइएका थिए । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्