Logo
Logo

सशस्त्रमा डिआइजी सुवेदीको धन्दा


5.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीको पूर्व क्षेत्रको कमाण्ड यतिबेला डिआइजी शम्भु सुवेदीले गरेका छन् । उनको कमाण्डमा झापा र मोरङ, सुनसरी, इलाममा तस्करी गर्नेहरुलागि स्वर्ग भएको छ । काठमाडौमा टायल काण्डमा मुछिएका सुवेदीलाई पूर्व क्षेत्रको कमाण्ड गर्न पठाएपछि तस्करीको हब बनाउन उनको भूमिका रहेको छ ।

अञ्जनीकुमार पोखरेलले थिलथिलो बनाएको पूर्व क्षेत्रलाई सुवेदीले झन तस्करीको दलदलमा फसाएका छन् । अहिले कोशी क्षेत्रबाट सशस्त्र प्रहरीले उठाउने राजश्वमा समेत गिरावट आएको छ । गाजा तस्करीको हब बन्दै गएको सुनसरी र गोरु तस्करीको हब बनेको मोरङ र झापाबाट राजश्व संकलनमा गिरावट आएको हो । तीन महिनायता त्यताबाट सामान बरामद शुन्यमा झरेको छ ।

सुनसरी हुँदै ठूलो ट्रकमा दुवैतिर कालो त्रिपालले छोपेर गोरु तस्करी हुने गरेको स्रोतको दावी छ । सुनसरीका एसपी सम्मेनन्द बज्राचार्यले डिआइजी सुवेदीलाई साथ दिइरहेको स्रोतले जनाएको छ । कांग्रेस सरकारमा आउने वित्तिकै तराईका मुख्य जिल्लामा तस्करीको लाइन खुल्ने गरेको छ । सशस्त्र प्रहरी मूख्यालयले जति नै कडाई गरेपनि कांग्रेसका स्थानीय नेताहरुले सशस्त्र प्रहरीका जिल्ला प्रमुखसँग मिलेर लाइन खुलाउन थालिएको हो ।

राजश्व उठाउन दबाबमा रहेको सशस्त्र प्रहरी मूख्यालयलाई तल्लो तहका प्रहरी प्रमुखले असहयोग गर्दै आएका छन् । ठूलो परिमाणमा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, कपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, कुखुराको अण्डा र चल्ला भित्रिने गर्छ । तर पनि सशस्त्र प्रहरीका इन्चार्जहरु त्यसमै रमाएर बस्ने गरेका छन् । ‘माथिको आदेशले सबै चिज पुर्याउन अप्ठेरो हुन्छ,’ विओपीका एक इन्चार्जले भने । उनका अनुसार माथिका आदेशलाई छलेर नै अतिरिक्त आम्दानी गर्नेहरु पनि धेरै छन् ।

मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएका सामानहरु झापामा नेपाल प्रहरीले बरामद गर्ने भेटिएको छ । यस्तै काकडभिट्टाबाट तस्करी भएर आएको सामान मोरङमा नेपाल प्रहरीले बरामद गर्ने गरेको छ ।

धनकुटाबाट आएको गाँजालाई सुरक्षित ढंगले सीमापारी पुर्याउन काम भने सुनसरीकै सशस्त्र प्रहरीले गर्ने गरेको स्रोतको दावी छ । झापाका सीमा नाकाबाट हुने तस्करीमा कही पनि कडाई हुन सकेको छैन । साथै मोरङको चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा लगायत सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको कारोबारी स्रोतको दाबी छ ।

नवलपरासीबाट झापा हुँदै भारततिर गोरु लाने गरिएको एक स्थानीय समेत सशस्त्र प्रहरीलाई जानकारी दिइरहे पनि त्यसलाई नियन्त्रणको प्रयास नभएको स्रोतको दावी छ ।

पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको हुन । भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको पनि मोरङ, सुनसरी र झापाको रुट तयार गरिएको स्रोतको दावी छ ।

नेपाल र भारतबीचको खुला सीमा भएकाले नेपालका गाईगोरु भारततिर तस्करी गर्न सहज भए पनि भारत र बाङ्लादेशबीच खुला सीमा नभएकाले त्यति सहज नभएकाले बढी तस्करी हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्