Logo
Logo

श्रेष्ठलाई कोषाध्यक्षमा च्यापेपछि कांग्रेस संस्थापनमा धाँजा


1.4k
Shares

काठमाडौं । महाधिवेशन सकिएको तीन बर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले व्यावसायी उमेश श्रेष्ठलाई कोषाध्यक्षमा नियुक्त गरेपछि संस्थापनभित्रै असन्तुष्टी चुलिएको छ ।

१३ औं महाधिवेशनपछि मात्र कांग्रेसमा आवद्ध भएका श्रेष्ठलाई एकैपटक पार्टीको कोषाध्यक्ष बनाएपछि देउवा समूहभित्रै असन्तुष्टी ‘भुसको आगो’ बनेकोहो ।

कोषाध्यक्षका लागि देउवाको दाहिने हात मानिएका ज्ञानेन्द्रबहादुर कार्कीलाई आस्वासन दिइए पनि धनाढ्य व्यवसायी श्रेष्ठ मनोनित हुन सफल भए । देउवाले तीन वर्षअघि सम्पन्न तेह्रौं महाधिवेशन लगत्तै श्रेष्ठलाई केन्द्रीय सदस्य बनाएका थिए । अहिले आएर कार्कीलाई पन्छाएर श्रेष्ठलाई कोषाध्यक्षमा च्यापेपछि कार्की देउवासँग विच्किएको कांग्रेसका संस्थापन निकट एक केन्द्रीय सदस्यले दृष्टिलाई बताए । कोषाध्यक्ष पदका लागि कार्की मात्र नभै आफुलाई नेपालको एक नम्वर पुँजीपति दाबी गर्ने विनोद चौधरीसमेत लालयित थिए ।

सभापतिको निकट हुने र कोषाध्यक्षको मातहतमा पार्टी कोष रहने भएका कारण कांग्रेसमा उक्त पदलाई निकै महत्वपूर्ण मानिन्छ । कांग्रेस विधान वमोजिम सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीपछिको वरीयतामा कोषाध्यक्ष रहन्छ । अन्ततः सबै आकाँक्षीलाई जिल्ल्याएर श्रेष्ठले पद हात पारेका छन् । चौधरी भन्दा पनि कार्कीको बलियो संभावना रहेको बताईंदै आएको थियो ।

कतिपयले कांग्रेसको बाह्रौं महाधवेशनमा दिएको आर्थिक जिम्मेवारीमा प्रश्न उठेका कारण देउवाले कार्कीमाथि विश्वास नगरेको बताएका छन् । अघिल्लो महाधिवेशनमा दिइएको आर्थिक संयोजकको जिम्मेवारी प्रभावकारी नभएको भन्दै उतिबेलै चर्चा चलेको थियो । कार्कीविरुद्ध अख्तियारमा गंभिर प्रकृतिका उजुरी रहेका कारण भावी कारबाहीलाई मध्येनजर गर्दै देउवाले पूर्व सावधानी अपनाएको अर्थमा समेत हेरिएको छ ।

संस्थापन निकट ति केन्द्रीय सदस्यलेभने अनुसार पछिल्लो समय कार्की भन्दा देउवासग श्रेष्ठको व्यक्तिगत निकटता र हिमचिम बाक्लिएको थियो । त्यही कारण संसद पुनःस्थापनापछि प्रधानमन्त्री बनेका देउवाले श्रेष्ठलाई शुरुमा स्वास्थ्य मन्त्री र पछि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहने गरी मन्त्री बनाएका थिए ।

तेह्रौं महाधिवेशनयता श्रेष्ठले देउवा र उनकी पत्नी आरजु राणासँग निकट सम्बन्ध बनाउँदै आएका छन् । आरजु राणाको रोजाइका कारण पनि उनलाई कोषाध्यक्षका लागि मार्गप्रशस्त भएको चर्चा कांग्रेसभित्र छ । कांग्रेस छिरेको एकाध वर्षमै श्रेष्ठलाई कोषाध्यक्षमा च्यापेपछि कार्की देउवाले टाढिँदै गएका छन् । देउवा–कार्की सम्बन्ध ४५ वर्ष पुरानो हो ।

प्रायः सातामा कम्तीमा एकपल्ट देउवा निवास बुढानिलकण्ठ पुग्ने गरेका कार्की श्रेष्ठको नियुक्तिपछि पार्टीको मिटिङ बाहेक गएको नदेखिएको संस्थापन निकट नेताहरु बताउँछन् । नियुक्तिपछि पार्टी वैठकमा जाँदा पनि कार्की निन्याउरो अनुहार लिएर पुग्छन् ।

तेह्रौं महाधिवेशनयता श्रेष्ठले देउवा र उनकी पत्नी आरजु राणासँग निकट सम्बन्ध बनाउँदै आएका छन् । आरजु राणाको रोजाइका कारण पनि उनलाई कोषाध्यक्षका लागि मार्गप्रशस्त भएको चर्चा कांग्रेसभित्र छ । कांग्रेस छिरेको एकाध वर्षमै श्रेष्ठलाई कोषाध्यक्षमा च्यापेपछि कार्की देउवाले टाढिँदै गएका छन् । देउवा–कार्की सम्बन्ध ४५ वर्ष पुरानो हो ।

‘योगदान, सहयोग र लामो निरन्तरताको औचित्य सकिएको भन्ने गुनासो कार्कीले निकटसँग गर्ने गरेको सुन्नमा आएको छ’, देउवा निकट ती केन्द्रीय सदस्य भन्छन्, ‘विधानमा सभापतिले मनोन्ति गर्ने अधिकार रहे पनि अत्यन्त निकट र विश्वासपात्रलाई मात्र कोषाध्यक्षमा मनोनित गर्ने भएका कारण कार्कीप्रति अविश्वास हो कि भन्ने संकेत देखिन्छ ।’

संस्थापन पक्षधर एकाथरी नेताहरु भने कहिलेदेखि कांग्रेसको राजनीति गरेको भन्दा पनि युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मान्यताका कारण नियुक्ति पाएको भन्दै श्रेष्ठको बचाउमा उभिएका छन् । कांग्रेस विधानले नै सभापति देउवालाई विशेष सुविधा दिएकाले स्वविवेकीय अधिकारमा प्रश्न उठाउन नहुने तर्क उनीहरुले गर्दै आएका छन् ।

संस्थापन इतर समूहले भने छ महिनाभित्रै हुनुपर्ने नियुक्ति तीन बर्षमा हुनुलाई नै ठूलो कुरा मानेको छ । दुःख र संकटका बेला विगतमा सारथीको रुपमा रहेका कार्की देउवासँग विच्किएका कारण संस्थापनमा फाटो आउने आँकलन एकथरिले गरेका छन् । कार्की देउवासँग भड्किएमा संस्थापन समूहमा ठूलै पहिरो जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्