Logo
Logo

चितवनमा आज पनि रविको बयान


189
Shares

चितवन । सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि बयान सुरू भएको थियो । मंगलबार बयान नसकिएपछि बुधबार पनि लामिछानेसँग बयान लिइन लागिएको हो । लामिछानेलाई मंगलबार बिहान काठमाडौंबाट चितवन ल्याइएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो । कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौंमा पनि बयान लिइएको थियो ।

सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो । त्यही अनुसन्धानका लागि उनलाई चितवन ल्याइएको हो । गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ । सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्