Logo
Logo

राहुल गान्धीलाई उत्तर प्रदेश प्रवेश गर्न नदिन स्थानीय प्रशासनको सर्कुलर


1.3k
Shares

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाइएको छ । स्थानीय प्रशासनले राहुललाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो ।

लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी आज (बुधबार) बिहान १० बजे उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न राहुल गान्धी सम्भल जान लागेका हुन् । तर उनलाई रोक्ने प्रयास स्थानीय प्रहरी प्रशासनले गरेको छ ।

राहुललाई उत्तर प्रदेशमै प्रवेश गर्न नदिन सम्भलका जिल्ला अधिकारीले छिमेकी चार जिल्ला गाजियाबाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रशासनलाई पत्राचार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू र सम्भल जाने क्रममा आफ्नो सीमामै रोक्नू ।’

प्रतिक्रिया दिनुहोस्