Logo
Logo

कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । कर्णालीले प्रस्तुत गरेको १४९ रनको लक्ष्य काठमाडौंले १०.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।

एनपीएलमा काठमाडौंको यो पहिलो जित हो । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्