Logo
Logo

राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य


882
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले आज बिहान अस्पताल भर्ना भएका राष्ट्रपतिको आजै शल्यक्रिया सम्पन्न गरिएको जानकारी दिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्