Logo
Logo

काठमाडौंको टुँडिखेलमा एक पुरूष मृत भेटिए


441
Shares

काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक पुरूष मृत भेटिएका छन् । बुधबार बिहान साढे ६ बजेतिर काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एकजना पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका एसपी नवराज अधिकारीका अनुसार मृतक पुरुष मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन् । उनको नागरिकताको प्रमाणपत्रबाट पहिचान खुलेको हो ।

शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार मृतकको छेउमा एउटा चक्कु फेला परेको छ । हात मुनि रगत देखिएको छ । प्रहरीले शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्