Logo
Logo

एनपीएलः विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको विशाल लक्ष्य


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई एक सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९१ रन बनायो ।

जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।

म्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए ।

लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको छ ।

विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक/एक विकेट लिए । अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्