Logo
Logo

शिक्षक दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन


693
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रालयले पूर्वसचिव दिपेन्द्र विक्रम थापाको संयोकत्वमा हालै कार्यदल गठन गरेको हो । उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । त्यसआधारमा सरकारले आवश्यक कदम चाल्न चाल्ने तयारी छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले शिक्षक र विद्यार्थीको अनुपात मिलेको नमिलेको भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री भट्टराईले समस्या समाधानका लागि अध्ययन कार्यदल गठन गरिएको जानकारी दिएकी हुन् ।

मन्त्री भट्टराईका अनुसार यो विषयमा २०७६ सालमा पनि अध्ययन भएको थियो । तर, त्यसबेलाको अध्ययन गर्दाको परिस्थिति र पाँच वर्षपछिको परिस्थितिमा फेरबदल आएको हुनाले फेरि अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्