काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय नगरकोटबीच छुट सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय नगरकोटबीच एनआईएमबीका ग्राहकहरुलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइट https://www.nimb.com.np/personal-banking/offers मा उपलब्ध रहेको बैंकले जनाएको छ