काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।
भूकम्प आएलगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ४.७ मिलियन जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरूले भूकम्पबाट हालसम्म मानवीय क्षति नभएको बताएका छन् । हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।